शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेमन्तप्रकाश र धर्मेन्द्रको कारवाही फिर्ता लिन पार्टीभित्रै दबाब

आइतबार, १८ वैशाख २०७९, १५ : २१
आइतबार, १८ वैशाख २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी कमिटी र जनवर्गीय संगठनका नेताहरुले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलाको कारवाही फिर्ता लिन पार्टीभित्रैबाट दबाब बढेको छ । गत वैशाख १४ गते विप्लवले पार्टी अनुशासनविपरित गतिविधि गरेको भन्दै ओली र बास्तोलालाई विप्लवले कारवाही गरेपछि पार्टी कमिटी र जनवर्गीय संगठनले कारवाही फिर्ता लिन माग गरेका हुन् ।

एकपछि अर्को गर्दै पार्टीका प्रदेश, जिल्ला, जनवर्गीय संगठन र सहिद परिवारहरुले कारवाही फिर्ता गरेर पार्टी विभाजनबाट रोक्न आग्रह गरेका छन् । ओली र बास्तोलालाई कारवाही गरेलगत्तै प्रतिबन्धको अवधिमा सहिद भएका ५ जना परिवारले प्रेस विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका हुन् । सहिद परिवारको तर्फबाट पुनमाया डंगोल, मनिषा र कलशा शाही, सुरेन्द्र राना, विना सुवर्णकार र मिनामाया श्रेष्ठले विप्लवलाई कारवाही फिर्ता लिन आग्रह गरेका छन् । सहिदको रगतलाई सम्झेर पनि पार्टी एकतावद्ध बनाएर क्रान्तिकारी कार्यभार पुरा गर्नतिर लाग्नुगर्ने सहिद परिवारको सुझाव छ ।

यस्तै वैशाख १७ गते जाजारकोटका सेक्रेटरी प्रेमबहादुर चलाउनेले एक विज्ञप्ति जारी गर्दै कारवाही फिर्ता लिन आग्रह गरेका थिए । ओली र बास्तोलाई अन्यायपूर्ण ढंगले कारवाही गरिएको भन्दै प्रवासी नेपाली जनमञ्च समाज भारतले समेत कारवाही फिर्ता लिन आग्रह गरेको छ । प्रवासी नेपाली जनमञ्च समाज भारतका अध्यक्ष आजाद सेनले कारवाही फिर्ता नलिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

यस्तै आइतबार अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापाले पनि एक विज्ञप्ती जारी गरी कारवाही फिर्ता लिन आग्रह गरेका छन् । पार्टी विभाजनलाई रोक्न विप्लवले कारवाही फिर्ता लिएर संवादका माध्यमबाट समाधान खोज्नुपर्ने सुझाव उनले दिएका छन् । तर, गत शुक्रबार हेमन्तप्रकाश र धर्मेन्द्रपक्षको भेलाले विप्लवको कारवाहीलाई खारेज गर्दै नयाँ ढंगले पार्टी निर्माणमा जुट्नुपर्ने उद्घोष गरेको छ । विप्लव र प्रवक्ता खड्गबहादुृर विश्वकर्मा एमाले अध्यक्ष केपी ओलीको दक्षिणपन्थी बाटोमा गइसकेकाले पार्टी पुनर्गठनमा लाग्नुगर्ने उनीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप