कर्णालीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री
कर्णालीका १० वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी गरिएको छ । यहाँका हुम्ला, डोल्पा र मुगुमा नेपाली सेनाको हेलिकोप्टर तथा बाँकी जिल्लामा गाडीमार्फत पठाइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
निर्वाचन आयोगले कर्णालीमा करिब ११ लाख मतपत्र पठाएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला देवकोटाले मतपत्र लगायतका सामग्री जिल्ला निर्वाचन कार्यालयमा पठाइएको र सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले नै स्थानीय तहसम्म सामग्री ढुवानीको व्यवस्थापन मिलाउनुपर्नेछ ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार मतपत्रका साथै ५८ वटा निर्वाचन सामग्री पठाइएको छ । पन्ध्र वटा जिल्लालाई खरिद गर्ने जिम्मेवारी दिएको र बाँकी आयोगले नै पठाएको हो । ती सामग्रीमा स्वस्तिक छाप, मसी, मतपेटिका, मतदाता नामावली, टेप, थैली, लाहाछाप, प्राथमिक उपचार किट, कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्रीलगायत छन् । कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण