३ वर्षे एलएलबी खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
३ वर्षे एलएलबी कार्यक्रम खारेज गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नेशनल ल क्याम्पसमा अध्ययनरत रितेश पन्थी र काठमाडौं स्कुल अफ लमा अध्ययनरत ऋतिक यादवले रिट दायर गरेका हुन् ।
रिटबारे प्रारम्भिक सुनुवाई गर्न सर्वोच्चले शुक्रवारलाई पेशी तोकेको निवेदक मध्येका रितेश पन्थीले रातोपाटीलाई बताए । निवेदकहरुले त्रिभुवन विश्वविद्यालयसहित ७ ओटा निकायलाई विपक्षी बनाएका छन् । गुणस्तरहिन भएको हुनाले एलएलबी कार्यक्रम खारेज गर्न निवेदकहरुले माग गरेका छन् । ३ वर्षे एलएलबी कार्यक्रम नेपाल ल क्याम्पससहित ६ ओटा क्याम्पसमा पढाई हुन्छ । सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु ७० प्रतिशत हाजिर हुनुपर्ने भनेपनि सो लागू नभएका र सेमेष्टर सिस्टम लागू नहुँदा गुणस्तरीयता कायम नभएको निवेदकले जिकिर गरेका छन् ।
बिए एलएलबी कार्यक्रम ५ वर्षेको हुन्छ । तर, बिए एलएलबीमा भन्दा ३ वर्षे एलएलबीमा कोटा धेरै हुन्छ । बिए पास गरेपछि लाइसेन्स लिनका लागी मात्र अध्ययन गर्ने परिपाटी बढेको हुनाले सो कार्यक्रमको गुणस्तरीयता नभएको निवेदकहरुले जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण