बढ्यो हवाइ यात्रा सेवा शुल्क
सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ ।
अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । सरकारले विमानस्थल सेवा शुल्क नियमावली २०७८ स्वीकृत गरेअनुसार नयाँ नियमावलीमा यात्रु सेवा शुल्कमा केही वृद्धि भएको छ। यसअघिको विमानस्थल सेवा शुल्क नियमावलीअनुसार अन्तर्राष्ट्रिय यात्रु (सार्क)ले ७ सय ५० रुपैयाँ र त्यसबाहेक अन्य देशका यात्रुले एक हजार रुपैर्या लिइँदै आएको थियो ।
अब भने अन्तर्राष्ट्रिय यात्रुले प्रतिव्यक्ति ३ हजार रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्ने हुन्छ। । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्ने आन्तरिकयात्रुले प्रतिव्यक्ति ५ सय रुपैयाँ यात्रु सेवा शुल्क तिर्नुपर्छ। यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण