शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र परिवर्तनका लागि दमकमा नेतृत्व परिवर्तन आवश्यक छ : उपमेयरकी उम्मेदवार प्रसाईं (भिडियोसहित)

शनिबार, २४ वैशाख २०७९, १४ : २६
शनिबार, २४ वैशाख २०७९

दमक नगरपालिकाको गठबन्धन तर्फकी उपमेयर पदकी उम्मेदवार हुन् रेगिना भट्टराई प्रसाईँ । दमक नगरपालिकामा जित दर्ता गर्ने कसरतमा रहेकी रेगिना राप्रपासहितको ६ दलीय गठबन्धनलाई दमकको आवश्यकता मानेर अघि बढेको बताउँछिन् ।  हाल दमक नगरपालिकामा एमाले भर्सेस छ दलीय गठबन्धन चुनावी मैदानमा छ ।

जसमा एमालेका तर्फबाट उपप्रमुख पदका लागि अम्बिका खतिवडाको उम्मेदवारी छ भने गठबन्धनका तर्फबाट प्रसाईँको उम्मेदवारी छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएकी प्रसाईँले विशेष गरेर दमकको विकास र परिवर्तनका लागि नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँछिन् । विगत लामो समयदेखि दमकमा एमालेको स्थानीय सरकार रहँदै गर्दा अब नेतृत्व परिवर्तनका आवश्यकता ठान्छिन् प्रसाईँ । 

दमकको भौतिक पूर्वाधारको विकास, दमक नगरबासीकालागि समतामुलक र सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्र, महिला अधिकार लगायतका विविध विषयमाथि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउने प्रसाइँसँग रातोपाटीका लागि गरिएको भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप