विकास र परिवर्तनका लागि दमकमा नेतृत्व परिवर्तन आवश्यक छ : उपमेयरकी उम्मेदवार प्रसाईं (भिडियोसहित)
दमक नगरपालिकाको गठबन्धन तर्फकी उपमेयर पदकी उम्मेदवार हुन् रेगिना भट्टराई प्रसाईँ । दमक नगरपालिकामा जित दर्ता गर्ने कसरतमा रहेकी रेगिना राप्रपासहितको ६ दलीय गठबन्धनलाई दमकको आवश्यकता मानेर अघि बढेको बताउँछिन् । हाल दमक नगरपालिकामा एमाले भर्सेस छ दलीय गठबन्धन चुनावी मैदानमा छ ।
जसमा एमालेका तर्फबाट उपप्रमुख पदका लागि अम्बिका खतिवडाको उम्मेदवारी छ भने गठबन्धनका तर्फबाट प्रसाईँको उम्मेदवारी छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएकी प्रसाईँले विशेष गरेर दमकको विकास र परिवर्तनका लागि नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँछिन् । विगत लामो समयदेखि दमकमा एमालेको स्थानीय सरकार रहँदै गर्दा अब नेतृत्व परिवर्तनका आवश्यकता ठान्छिन् प्रसाईँ ।
दमकको भौतिक पूर्वाधारको विकास, दमक नगरबासीकालागि समतामुलक र सामाजिक न्याय, शिक्षा र स्वास्थ्य क्षेत्र, महिला अधिकार लगायतका विविध विषयमाथि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउने प्रसाइँसँग रातोपाटीका लागि गरिएको भिडियो संवाद :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण