नेपाल र भारतको न्यून चापीय प्रणालीले आज चट्याङसहित वर्षा
हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेश देखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण