सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डप्रति ओलीको टिप्पणी : धम्क्याउने बानी अझै गएको रहेनछ !

आइतबार, २५ वैशाख २०७९, १४ : ००
आइतबार, २५ वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि अध्यक्ष प्रचण्डले चितवनमा आएर काँग्रेसका कार्यकर्ताले रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्छ भनेर धम्क्याएको भन्दै त्यस्तो धम्कीबाट नडराउन आग्रह गरे ।

‘अस्ति भर्खर मात्र यहाँ नेताहरु आएर बोलेर जानुभएको छ मैले धेरै भन्नुपर्दैन तपाईहरुले सुन्नुभएको होला ? एउटा नेताले के बोल्नुभएको छ ?’ओलीले प्रश्न गरे । उनले भने, ‘चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने दुर्घटना हुन्छ । रुखवालाले खुरुखुरु राजीखुशीले भोट हाल्दैनन भने दुर्घटना हुन्छ ।’ माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति लक्षित गर्दै ओलीले भने, ‘थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु, उत्साहित हुन्छ, १०,१५, २० बर्ष गठबन्धन टिकाइदिन्छु ।’ 

उनले प्रचण्डमा धम्क्याउने बानी अहिलेसम्म नगएको टिप्पणी पनि गरे । ‘जनतालाई धम्क्याउने, हेर्नुस त !, धम्क्याउने बानी अहिलेसम्म गएको रहेनछ । धम्क्याउने बानी परेकाहरु, धम्क्याएर खाने बानी परेकाहरु अहिलेसम्म पनि गएको रहेनछ ’, ओलीले धम्क्याउने बानी भएपनि अव त्यस्तो जमाना गएको बताए । उनले भने, ‘धम्क्याएर अव चल्दैन, कसैले धम्क्याएर कुनै दुर्घटना हुँदैन, दुर्घटना होइन बरु गठबन्धनले हार्छ । नत्र भन्नेले चिसै पानीले नुहाउँछ ।’ 
उनले प्रचण्डका छोरीलाई जिताउनुपर्ने तर जीन्दगीभर काँग्रेस भएकाहरुको अवस्था हेर्नुस् त भन्दै प्रश्न गरे । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले फेरि प्रचण्डलाई जिताए काँग्रेसका कार्यकर्ताको हालत २० वर्षसम्म छोरी बोक, छोरो बोक, भाइ बोक, ज्वाई बोक गर्नमै सिमित हुने टिप्पणी गरे ।  उनले प्रकाशमान र प्रचण्डलाई निर्वाचन आयोगले किन कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘धम्क्याएका भरमा भोट लिन खोज्ने यो आचारसंहिता विपरित हो कि होइन ?’, ओलीको प्रश्न छ । उनले निर्वाचन आयोगले गठबन्धनमा रहेकालाई जे गाएपनि छुट दिएको आरोप समेत लगाए । उनले काँग्रेस पार्टी सकिन लागेको भन्दै यस्तो हुँदा पनि कार्यकर्ताले के हेरेर बसेका छन् भनेर प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप