निर्वाचनमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग
सोमबार, २६ वैशाख २०७९, ०६ : १२
निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा -यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ ।
आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर बालबालिकाको अत्यधिक प्रयोग गर्नेमा नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा छन् । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले वस्तुगत रूपमा प्रमाण पुग्यो र आचारसंहिताविपरीत बालबालिकाको प्रयोग भएको ठहर भए कानुनबमोजिम कारबाही हुने दाबी गरे । आयुक्त भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिको संयोजक छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण