विप्लवबाट फुटेको पार्टीद्वारा ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)
विप्लव समूहबाट फुटेको नेकपा (बहुमत) पार्टीले पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख गरेको छ । यसको कार्यक्रम, कार्यदिशा र कार्यनीति क्रमशः वैज्ञानिक समाजवाद, एकीकृत जनयुद्ध र स्वाधीन संयुक्त सरकार हुने सो पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै पार्टीको कार्यनीतिक कार्यक्रम राजनीतिक स्थिरता, सामाजिक रुपान्तरण, समृद्धि र स्वाधीनता हुने विज्ञप्तिमा उल्लेख छ । मुल पार्टी नेकपाभित्र विवाद भएपछि वैशाख २१ देखि २३ गतेसम्म भएको राष्ट्रिय भेलाले नयाँ पार्टी नेकपा (बहुमत) गठनको निर्णय भएको थियो । सोही निर्णयानुसार सोमबार राजधानीमा आयोजित कार्यक्रमका बीच पार्टी घोषणा भएको हो ।
घोषणासभामा विशेष राष्ट्रिय भेलाले ७ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा सरकारसँग भएका ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको छ । यस्तै संसदीय व्यवस्थामा नअल्झिने तथा महँगी, भ्रष्टाचार तथा एमसीसीको विरोध गरिएको छ । यस्तै पार्टीले ८ बुँदे प्रतिबद्धता पनि जनाएको छ। जनतामाथि फेरि पनि धोका नहोस् भनेर राष्ट्रिय भेलाबाट ८ बुँदे प्रतिबद्धता जनाइएको संयोजक धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए ।
पार्टीले जनतापनि समर्पित भएर वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा निरन्तर अघि बढ्ने निर्णय गरेको जानकारी दिँदै यो बाटोको व्यवधानका रुपमा आउने सबैखाले अवसरवाद, संशोधनवाद र साम्राज्यवादका रुपमा निरन्तर क्रान्ति गर्ने प्रण पनि गरेको छ ।
विज्ञप्ति हेर्नुहोस्ः


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण