रसुवामा निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए
मङ्गलबार, २७ वैशाख २०७९, १४ : ०८
आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण