गोबिन्दालाई सम्झिँदै भावुक भए कृष्णा अभिषेक : भने, ‘मेरा बच्चा उहाँसँग खेलेको हेर्न चाहन्छु’
द कपिल शर्मा शोका प्रमुख पात्र कृष्णा अभिषेकले हालै एउटा पोडकास्टका बेला आफ्ना मामा गोबिन्दाबारे भावुक मेसेज सेयर गरेका छन् । कृष्णालाई उनी र उनका मामाबीचको सम्बन्धबारे सोध्दा उनले आफ्ना मामालाई असाध्यै मिस गर्ने बताए । साथै कृष्णाले गोबिन्दाले पनि आफूलाई मिस गर्छन् भन्ने लागेको बताए ।
मनीष पलको पोडकास्टमा कुरा गर्दा, कृष्णाले धेरै अन्तरवार्ताहरूमा कट–पेस्ट गरेर आफ्नो कुरा सम्पादन गरिएको बताए । त्यसपछि मनिषले कृष्णालाई उनले बोलेको हुबहु प्रशारण गरिने बचन दिए ।
कृष्णले गोविन्दालाई मिस गर्छन्ः
गोविन्दासँगको सम्बन्धको कुरा गर्दा कृष्णा भावुक भए । उनले भने, ‘जब म अन्तरवार्तामा बोल्छु, मैले भनेका कुराहरु काटेर प्रशारण गरिन्छ । मामा गोविन्द, म तपाईंलाई धेरै माया गर्छु र म तपाईंलाई धेरै सम्झन्छु । तपाईंले मिडियामा आउने कुराहरुलाई विश्वास गर्नुहुन्नँ । मिडियाले जे जति लेखेका छन् र जे देखाएका छन् त्यसमा विश्वास नगर्नुहोस् । म आफ्ना बच्चाहरु मेरो मामासँग खेलिरहेको हेर्न चाहन्छु । यो कुरा मैले सबैभन्दा धेरै मिस गरिरहेको छु । मलाई थाहा छ, उहाँले पनि मलाई मिस गर्नुहुन्छ ।’
कृष्णले गोविन्दासँग माफी मागे
कृष्णले गत वर्ष दिएको एक अन्तरवार्तामा गोविन्दासँग माफी मागेका थिए । वास्तवमा, कृष्णाका मामा गोविन्दा द कपिल शर्मा शोमा अतिथिको रूपमा आएका थिए र कृष्णले त्यो एपिसोडको सुटिङमा भाग लिन अस्वीकार गरे । यसबारे बोल्दै उनले भने, ‘म मेरो मामालाई असाध्यै माया गर्छु । म उहाँसँग माफी माग्न चाहन्छु । मैले धेरै पटक उहाँसँग माफी मागेँ तर उहाँले मलाई माफी दिनुभएन । मलाई उहाँले किन माफी दिइरहनुभएको छैन, म उहाँको बच्चाजस्तो त हुँ ।’
कमिक एक्टमा एउटा डायलगले सम्बनध बिग्रियो
धेरै वर्ष पहिले कृष्णले एक पटक आफ्नो हास्य अभिनयको क्रममा भनेका थिए, ‘मैले के गोबिन्दालाई मामा बनाएको हो ?’ पछि कृष्णाले यो यति ठूलो मुद्दा बन्नेछ भनेर आफूले कहिल्यै कल्पना नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण