आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इण्डोनेशियाले पाम ओयल नीति बदल्दा भारतमा मलेशियाली तेलको दबदबा

बुधबार, २८ वैशाख २०७९, १५ : २९
बुधबार, २८ वैशाख २०७९

इण्डोनेशियाको पाम ओयल निर्यात नीति बदलिरहँदा मलेशिया भारतको प्रमुख निर्यातक बन्ने स्थिति सिर्जना भएको छ। भारत विश्वको सबैभन्दा ठूलो पाम ओयल खरिदकर्ता मुलुक हो । 

इण्डोनेशिया पाम ओयलको उत्पादन गर्ने विश्वहरुमध्ये शीर्ष मुलुक हो। तर सन् २०२१ देखि उसको निर्यात नीति बदलिरहेको छ। पछिल्लो समय उसले पुन अप्रिल २२ देखि पाम ओयलको निर्यात प्रतिबन्ध गरेको छ। यसका कारणले भारत अहिले पाम ओयलको लागि मशेलियामाथि बढि निर्भर भएको छ। विश्वको दोस्रो ठूलो पाम ओयल उत्पादक मुलुक मलेशियाले उसको प्रतिद्वन्द्वी तथा सबैभन्दा ठूलो उत्पादक इण्डोनेशियाभन्दा आधा मात्र उत्पादन गर्छ। 
इण्डोनेशियाको पाम ओयल निर्यात प्रतिबन्धबाट फाइदा लिन मलेशियाले पाम ओयलको निर्यात कर आधाले घटाएको छ। 

मलेशियालली पाम ओयलमा लागिरहेको निर्यात करमा कटौती र इण्डोनेशियाली तेलमा प्रतिबन्धपछि यो वर्ष भारतको बजारमा मलेशियाको निर्यातको हिस्सा ३५ प्रतिशतमा झर्ने देखिन्छ। एक दशकअघिसम्म यो हिस्सा ७५ प्रतिशत थियो । ‘इण्डानेशियाको अस्थिर निर्यात नीतिको सबैभन्दा ठूलो फाईदा लिने मुलुक मलेशिया बनेको छ। भारतीय बजारमा इण्डोनेशियाको तेल आउन छाडेपछि मलेशियाले पहिलेभन्दा बढि तेल रेकर्ड मुल्यमा बेचिरहेको छ ,’ खाने तेलको व्यापारिक निकाय सोल्भेन्ट एक्सट्रयाक्टर्स एसोसियसन अफ इण्डिया(एसईए)का कार्यकारी निर्देशक बीभी मेहताले भने । 

एसईएको तथ्याकं अनुसार सन् २०२१–२२ व्यापारिक वर्षको पहिलो पाँच महिनामा भारतले मलेशियाबाट १४.७ लाख टन पाम ओयल किनेको थियो, यस अवधिमा इण्डानेशियाली तेल ९.८२ लाख टनमात्र भारत आयात भयो। 

इण्डोनेशियाको अधिपत्य धरमराउने संकेत
भारतीय व्यापारीले इण्डोनेशियाको अस्थिर नीतिलाई ख्याल गर्दै मलेशियाली तेललाई पहिलो प्राथमिकता दिए भने थाले भने दक्षिण एशियामा हालसम्म कायम इण्डोनेशियाको अधिपत्य अन्त्य हुनेछ। आगामी दिनमा इण्डोनेशियाले उसको निर्यात खुलायो भने पनि भारतीय व्यापारीहरू कठिन समयमा आफूलाई सघाउने मलेशियाली आपुर्ति जोगाउनुपर्ने दबाबमा हुने मुम्बईका एक तेल प्रशोधकले बताए। तर इण्डोनेशियाली तेल छुटसहित आउने तिनको मुल्य मलेशयाली तेलभन्दा कम पर्न जान्छ, जसलाई व्यापारी पन्छाउन सक्दैनन् ।

अघिल्लो सिजन श्रमिकको अभाव झेलेपछि मलेशियाका पाम ओयल किसानले तिनको खेती नै घटाएका थिए। परिणाम स्वरुप मलेशियाको तेल उत्पादन घट्न जाँदा उसँग पाम ओयलको सिमित स्टक छ। मलेशियाले इण्डोनेशियाको भन्दा ४० प्रतिशत मात्रै पाम ओयल उत्पादन गरिरहेको छ। उसले मात्र इण्डोनेशियाली तेलको विकल्प थेग्न सक्दैन। 

त्यसका बावजुद भारतीय तेल खरिदकर्ता मेलेशियाली तेल बढाउन इच्छुक देखिएका छन्। यसले पछि इण्डोनेशियाले तेलको निर्यात खोलेपछि उसको विक्री घट्नेछ। ‘इण्डोनेशियाले यही महिनाभित्र पाम ओयलको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने सम्भावना छ। तर फेरी उसले निर्यात बन्द नगर्ला भन्ने कुनै ग्यारेन्टी छैन। मलेशियाको निर्यात नीति अस्थिर भएको हामी उमाथि मात्र भर पर्न सक्दैनौं,’ एक भारतीय व्यापारीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप