निर्वाचन आयोगका पदाधिकारी कसले कहाँ हाल्दैछन् भोट ?
बिहीबार, २९ वैशाख २०७९, १९ : ५३
शुक्रबार तय भएको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगका पदाधिकारीहरुले मत हाल्ने केन्द्र र समय तय भएको छ । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मध्यपुर ठिमी–१ स्थित लोकन्थली उपस्वास्थ्य चौकीमा बिहान ६ बजेर ५५ मिनेटमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै आयुक्त ईश्वरी प्रसाद पौड्यालले टिका विद्याश्रम मावि ललितपुरमा सोही समय तथा रामप्रसाद भण्डारीले मलन विद्या मन्दिर स्कुल अनामनगरमा बिहान ८ बजे मतदान गर्नेछन् । यसैगरी बिहान ६ बजेर ५५ मिनेटमै डा. जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजार नगरपालिका-२ स्थित महेन्द्र मन्दिर माविमा, सगुन शम्शेर जबराले टोखास्थित धापासी निमावि र सचिव गोकर्णमणि दवाडीले नागार्जुन नगरपालिकास्थित रिडमोडल कलेज केन्द्रमा मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण