बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगका पदाधिकारी कसले कहाँ हाल्दैछन् भोट ?

बिहीबार, २९ वैशाख २०७९, १९ : ५३
बिहीबार, २९ वैशाख २०७९

शुक्रबार तय भएको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगका पदाधिकारीहरुले मत हाल्ने केन्द्र र समय तय भएको छ । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मध्यपुर ठिमी–१ स्थित लोकन्थली उपस्वास्थ्य चौकीमा बिहान ६ बजेर ५५  मिनेटमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै आयुक्त ईश्वरी प्रसाद पौड्यालले टिका विद्याश्रम मावि ललितपुरमा सोही समय तथा रामप्रसाद भण्डारीले मलन विद्या  मन्दिर स्कुल अनामनगरमा बिहान ८ बजे मतदान गर्नेछन् । यसैगरी बिहान ६ बजेर ५५ मिनेटमै डा. जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजार नगरपालिका-२ स्थित महेन्द्र मन्दिर माविमा, सगुन शम्शेर जबराले टोखास्थित धापासी निमावि र सचिव गोकर्णमणि दवाडीले नागार्जुन नगरपालिकास्थित रिडमोडल कलेज केन्द्रमा मतदान गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप