गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो
सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भइसकेको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक आउने जाने नेपाली र लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यो विमानस्थलमा हाल काठमाडौँमा उडान गर्दै आएका अन्य विदेशी हवाई कम्पनीले चासो बढाएका हुन् ।
भैरहवामा उडान गर्न श्रीलङ्कन एयरलाइन्स, कतार एयरवेज, एयर अरेबिया, थाइल्यान्डको थाई स्माइल, ओमानको सलाम एयरले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहेका छन् । प्राधिकरणका अनुसार एयर अरेबिया, सिङ्गापुर एयरलाइन्स, कम्बोडिया एयरवेज, स्माइल, सलाम एयरलगायतका हवाई कम्पनीले साउनभित्रै उडान गर्ने तयारी गर्दै प्राधिकरण तथा ट्राभल एजेन्सीसँग छलफलसमेत गरिरहेका छन् तर यी कम्पनी अनुमति लिने प्रक्रियामा भने गइसकेका छैनन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण