बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन

बिहीबार, २५ असार २०८३, १८ : ०९
बिहीबार, २५ असार २०८३

काठमाडौँ । उमा भुजेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले ९१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ गठन गरेको छ ।

बिहीबार नेकपाले विज्ञप्ति जारी गर्दै उमा भुजेलको नेतृत्वमा भेला आयोजक समिति गठन गरेको जानकारी दिएको हो । आगामी भदौ मसान्तभित्र राष्ट्रिय भेला सम्पन्न गर्ने लक्ष्यका साथ उक्त समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा राष्ट्रिय राजनीति, वैदेशिक हस्तक्षेप र कम्युनिस्ट आन्दोलनभित्र देखिएको विचलनबारे गम्भीर समीक्षा गरिएको छ ।

राष्ट्रिय स्वाधीनता र बाह्य हस्तक्षेपको चिन्ता

संयोजक भुजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाधीनता विश्व महाशक्तिहरूको होडबाजी र भूमण्डलीकृत पुँजीवादी साम्राज्यवादले नेपालको जलस्रोत, खनिज र भू–राजनीतिक अवस्थामाथि आँखा गाडेको दाबी विज्ञप्तिमा गरिएको छ । विशेष गरी चीनलाई घेर्ने रणनीतिअनुसार नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने योजना भइरहेको आरोप पार्टीले लगाएको छ ।

यसैगरी बालेन नेतृत्वको सरकारलाई ‘निरङ्कुश र फासीवादी’ को संज्ञा दिइएको छ । सुकुमबासीहरूमाथिको दमन, धर्मनिरपेक्षता र सङ्घीयतामाथिको प्रहार, मजदुर तथा किसान विरोधी बजेट र बढ्दो वैदेशिक ऋणको भारले मुलुक आक्रान्त बनेको भन्दै सरकारको आलोचना गरेको छ ।

यस्तै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्न विभिन्न माओवादी घटकहरूबिचको एकता अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख छ । 

भुजेल विप्लव नेतृत्वको नेकपा(माओवादी)बाट निष्कासित भएकी थिइन्। 

737046097_2124956748100605_2186455938400252828_n

590433610_1629650131434333_4052140658713664398_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप