मतगणना आधा सकिएपछि निर्देशिका परिवर्तन गर्न एमालेको माग
देशैभर आधाजसो मतगणना भइसकेका बेला प्रभावशाली दल नेकपा एमालेले मतगणना निर्देशिका परिवर्तन गर्न माग गरेको छ। काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा ८ वटा वडाको मतगणना सम्पन्न भई वडा अध्यक्षसहितको समूहले विजय जुलुस गरिरहँदा वडा नं. १ को व्यालेट खाली गरी मत गन्ने तयारीमा रहेको अवस्थामा एमालेले मतगणनाको नियम परिवर्तनको माग राखेपछि मंगलबार साँझबाट मतगणना स्थगित भएको छ। एमालेले २०७६ वैशाख ३० गते राति सर्वदलीय बैठकमा आफैले सहमति जनाएको निर्देशिका बदल्न माग राखेको हो।
उसले वडा नं. ९ देखि लागु हुने गरी निर्देशिका परिवर्तन गर्नुपर्ने माग राखेपछि जिल्ला मुख्य निर्वाचन अधिकृतले मतगणना शुरू हुनुपूर्व नै सर्वदलीय बैठक बसी तय गरेकाले बीचमा परिवर्तन गर्न नमिल्ने बताएको छ। मतगणना स्थगित गरिएपछि अन्य दलहरूले भने निर्वाचन कार्यालय अगाडि नारा, जुलुस गर्दै मतगणना निर्देशिका कुनै दल वा नेताको अनुकूलतामा परिवर्तन गर्नुहुन्न र सबैले मान्ने भनेकै सर्वदलीय निर्णय हो भन्दै अडान लिएका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण