सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो
बिहीबार, ०५ जेठ २०७९, ११ : २९

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ ५०० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै छापावाल सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो यसको कारोबार मूल्य १२ सय ५० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री
-
१० बजे १० समाचार : ओली र देउवासामु प्रचण्डको अडानदेखि पूर्वमुख्यमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दासम्म
-
नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर