शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाको ‘धाकड’ सुपर फ्लप

शनिबार, १४ जेठ २०७९, ०६ : २०
शनिबार, १४ जेठ २०७९

अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको सम्झौतामा परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन । 

बलिउड हंगामाको रिपोर्ट अनुसार ‘धाकड’को बक्स अफिसमा खराब प्रदर्शनपछि यस फिल्मका धेरै शो रद्द भएका छन् । यस्तो अवस्थामा अब फिल्मका निर्मातालाई ओटीटीमा स्थान पाउन निकै संघर्ष गर्नुपरेको छ । कुनै पनि चलचित्रको ओटीटी र स्याटेलाइट अधिकार चलचित्र रिलिज हुनु अघि बेचिन्छ। निर्माताहरूले च्यानल वा ओटीटी प्लेटफर्ममा अधिकार बेचेर कमाईबाट राम्रो नाफा पाउँछन्। तर ‘धाकड’ को हकमा त्यस्तो केही भएको छैन ।

स्रोतका अनुसार निर्माताले कुनै पनि ठूला ओटीटी प्लेटफर्मबाट राम्रो डिल पाउँछन् भन्ने सोचेर फिल्म रिलिजअघि नै ‘धाकड’को अधिकार बिक्री गरेका थिएनन् । यही कारण थियो कि फिल्मको सुरुमा पनि ओटीटी र स्याटेलाइट सम्झौताको बारेमा निर्माताहरूले कुनै जानकारी दिएनन् ।

‘धाकड’ बक्स अफिसमा फ्लप साबित भएपछि फिल्मको स्याटेलाइट र डिजिटल राइट्स बेचेर निर्माताले राम्रो आम्दानी गर्नेछन् भन्ने आशा गर्न सकिँदैन । यति मात्र होइन, फिल्मका निर्माताले ओटीटी र स्याटेलाइट अधिकारका लागि अहिलेसम्म कुनै सम्झौता गरेका छैनन् । ‘धाकड’ एउटा एडल्ट फिल्म भएको र टिभीमा देखाउनका लागि निर्माताले पुनः सर्टिफिकेट लिनुपर्ने पनि बताइएको छ, जुन निकै लामो प्रक्रिया हो । योसँगै फिल्मलाई लिएर फ्यान र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया आएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप