अझै खुलेन किमाथाङ्का नाका
दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो ।
सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस क्षेत्रका बासिन्दा खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीका लागि चीनको तिब्बतको भर पर्दै आएका थिए । किमाथाङ्का र तिब्बतको देन्दाङबीचको कामुखोलाको पुलमा नाका बन्द भएपछि सामान आयात गर्न समस्या भएको स्थानीयको भनाइ छ ।
भोटखोलाका नागरिक रोजगारीका लागि समेत तिब्बत जाने गरेका थिए । काम गर्न बिहान सीमापारि (तिब्बत) जाने र साँझ फर्किने गरेका भोटखोलावासीका लागि आम्दानीको स्रोतसमेत पनि अहिले बन्द भएको छ । यसरी आफूहरू अहिले कामविहीन र बेखर्ची भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका थुदोक भोटेले बताए ।
नाका बन्द भएपछि किमाथाङ्का र आसपासको व्यापार व्यवसाय पनि बन्द भएको छ । तिब्बतबाट सामान ल्याएर बिक्री गर्ने किमाथाङ्काका सबै पसल अहिले बन्द भएको भोटखोला गाउँपालिका–१ किमाथाङ्काका वडाध्यक्ष नुर्बु च्यावाले बताए । नाका बन्द हुनुअघि चीन सरकारले नै तिब्बतको चाँगा बजारमा निर्माण गरिदिएको एक व्यापारिक भवनबाट खाद्यान्न सामग्री नेपाल पनि निर्यात गरिन्थ्यो । सोही व्यापारिक भवनमा सञ्चालन गरिएको पसलबाट नेपाल सामान भियाएर किमाथाङ्का क्षेत्रमा बिक्री वितरण गरिँदै आएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण