‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’ सुरु
काठमाडौँ । हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् । ‘कमेडी हब’ नामक उक्त शोको बुधबार (हिजो) बाट प्रसारण सुरु भएको छ । शोका निर्देशन घिमिरेले नै हुन् ।
अघिल्लो साताबाट प्रसारण हुने भनिएको शो प्राविधिक कारणले सरेर यो बुधबारबाट प्रसारणमा आएको हो । एपिवान टेलिभिजनबाट प्रसारण भएको शोको शुभारम्भ केही अगाडि एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।
कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ ।
मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको सहकार्य गरेका छन् । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको शृङ्खला निर्देशन रहने शोमा नाटक, प्रहसन, स्ट्याण्डअप कमेडी, प्यारोडी, हास्यकविताका लगायत विधा अटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण