राताे मच्छिन्द्रनाथको भोटो देखाइयो, तस्बिरमा हेर्नुहोस्
शनिबार, २१ जेठ २०७९, १८ : १७
१

ललितपुरको जावलाखेलमा शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ : नेपालले स्कटल्याण्डको सामना गर्दै
-
सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
-
सम्झौता म्याद अगावै कालोपत्र सम्पन्न
-
संयुक्त जनआन्दोलन समितिद्वारा आजको उपत्यका बन्द कार्यक्रम फिर्ता
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात