पार्टी निर्णय नमान्ने चेतावनी दिएको छैन : मन्त्री श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले 'पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको' भनेर चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आफूले पार्टीको निर्णय नमान्ने चेतावनी नदिएको पनि प्रष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेतृत्वप्रति म सदा आभारी छु । मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु । पार्टी निर्णय नमान्ने चेतावनी दिएको भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण