बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, २५ जेठ २०७९, ०९ : ३५
बुधबार, २५ जेठ २०७९

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन २० जेठमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला भएकामा कुल निष्काशन गरिने सेयरमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईको लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आईपीओमा मेरो सेयरको मोबाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिन्छ । 

नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप