शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा साढे  ८ लाखले गराए स्वास्थ्य बीमा

शुक्रबार, २७ जेठ २०७९, ०७ : ३९
शुक्रबार, २७ जेठ २०७९

स्वास्थ्य बीमा कार्यक्रमप्रति लुम्बिनी प्रदेशका नागरिकहरुको आकर्ष बढ्दो छ । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जनाकर्षण बढ्दो पाइएको हो ।  हालसम्म  प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

त्यस मध्ये ४ लाख ४९ हजार ७९९ महिलाले र ४ लाख १४ हजार २९१  जना पुरुषले स्वास्थ्य बीमा गराएका छन् ।    प्रदेशका १२ वटा जिल्ला मध्ये स्वास्थ्य बीमा बढी गराउने जिल्लामा पाल्पा रहेको  छ । जनशक्ति र व्यवस्थापन खर्चको अभावका बाबजुद पनि  स्वास्थ्य बीमा कार्यक्रममा आफूहरु खटेको र जनताको आकर्षण पनि बढ्दो रहेको स्वास्थ्य बीमा बोर्ड, लुम्बिनी प्रदेश कार्यालय संयोजक मनोज पौड्याल बताउँछन् ।

यस्तो छ गुल्मीको पालिकागत अवस्था

गुल्मीमा स्वास्थ्य बीमा सचेतना र सदस्यता वितरणमा सत्यवती र रुरुक्षेत्र गाउँपालिका अगाडि छन् । स्वास्थ्य बीमा कार्यालय गुल्मीका अनुुसार हालसम्म सत्यवतीमा १२ हजार ३८५  जनाले  र रुरुक्षेत्रमा ११ हजार २६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । मुसिकोट नगरपालिकामा  ५ हजार ४५५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

चन्द्रकोट  गाउँपालिकामा  ४ हाजर १४६ जना ,  छत्रकोटमा  ९ हजार २९४ ,  धुर्कोटमा  ४ हजार ४४९ जना,   गुल्मी दरबारमा  ७ हजार ७१६ जना ,   इस्मामा  ४ हजा ६८३  , कालिगण्डीमा ५ हजार २९९  जना, मालिका गाउँपालिकामा  ५ हजार ६३९ जना र मदाने गाउँपालिकामा १ हजार ९४३ जनाले स्वास्थ्य बीमा गराएका छन् । 

जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकामा भने  १५ हजार ५५७  जनाले स्वास्थ्य बीमा गराएको  स्वास्थ्य बीमा कार्यालय गुल्मीको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य बीमा कार्यालय गुल्मीका दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पछिल्लो चरण गुल्मीमा स्वास्थ्य बीमा गराउने र नविकरण गर्नेको संख्या बढ्दो छ ।

यस्तै पछिल्लो एक बर्षमा गुल्मीभित्र तोकिएका पाँच  वटा स्वास्थ्य संस्था मार्फत ५ करोडभन्दा बढीको स्वास्थ्य बीमा  खर्च सरकारले भुक्तानी गरि सकेको दर्ता अधिकारी बिष्टले बताए ।

आर्थिक बर्ष २०७८ को मसान्तसम्म ३ वटा चौमासिकमा गरि गुल्मी अस्पताल, धुर्कोट प्राथामिक स्वास्थ्य उपचार केन्द्र, जोहाङ्ग प्राथामिक स्वास्थ्य उपचार केन्द्र , रुरू प्राथामिक स्वास्थय उपचार केन्द्र र  श्रृंगा  स्वास्थ्य उपचार केन्द्रमा कुल ५ करोड ४९  लाख ५४ हजार  ३७९ रुपैयाँ सरकारले ती स्वास्थ्य संस्थाको दावा भुक्तानी गरिसकेको छ । गुल्मीमा कुल जन संख्याको १६.९३ प्रतिशतले स्वास्थ्य बीमा गराएका छन् । २०७६ माघ २१  गते देखि स्वास्थ्य बीमा कार्यालयको स्थापना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप