पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाको मृत्यु, एक जनाको सनाखत
सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।
मोटरसाइकलमा सवार पुरुष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ।
नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिका स्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।
लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालिकालाई बढी सास्ती भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण