अमेरिकी सैनिक जनरल पाँचखालदेखि शिवपुरीसम्म (तस्बिरहरु)
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन पाँचखाल स्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा पुगेका छन् । चार दिने औपचारिक भ्रमणमा नेपाल आएका फ्लिनले आइतबार पाँचखाल र शिवपुरी भ्रमण गरेका हुन् । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।

सन् २०२१ जुनदेखि एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । अमेरिक सैनिक जनरललाई तालिम केन्द्रको वस्तुस्थितिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।
शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गरेका छन् । सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उनले वृक्षारोपण गरेका छन् । शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भने–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरु मध्ये रहेको छ ।’ उनी आइतबार नै स्वदेश फर्किँएका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण