निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात
सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए ।
उनको उद्दारका लागि ईलाका प्रहरी कार्यालय दिब्यनगर, ईप्रका फुलवारी र खडगदल गण मेघौलीबाट नेपाली सेनाको टोली खटिएको उनले बताए । खोजतलासको लागि जंगलभित्र जान हात्ती पनि मगाइएको उनले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा बाघले आक्रमण गर्ने घटना ह्वात्तै बढेको छ । जेठमा पाँच घटना भएका थिए भने असारमा भएको यो पहिलो घटना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण