बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कम्पनीसँग क्यानलाई नै असर पर्ने सम्झौता

नेपाली क्रिकेटको विवाद भारतीय कानुन बमोजिम लड्नुपर्ने
बिहीबार, ०२ असार २०७९, ११ : १०
बिहीबार, ०२ असार २०७९

नेपाली क्रिकेटमा ठूलो कम्पनीको लगानी भित्रिनु खुसीको कुरा हो । तर, लगानीकर्तालाई नै सम्पूर्ण क्रिकेटको जिम्मेवारी दिँदा यसले कुन किसिमको सन्देश जान्छ भन्ने हो । यतिबेला नेपाली क्रिकेट भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स प्रा.लि.’ को हातमा भएको जनाउँछ । 

क्यानले एसथ्रीलाई सम्पूर्ण कमर्सियल राइट्स बेचेको छ । क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणासभामा एसथ्रीलाई एउटा लिगको मात्र राइट्स बेचेको जनाए पनि क्यानले गर्ने सम्पूर्ण क्रिकेट प्रतियोगिताको अधिकार एसथ्रीलाई दिएको सम्झौतामा उल्लेख छ । 

त्यस्तै क्यान गरेको सम्झौता अनुसार सम्झौताको विषयमा कुनै विवाद उत्पन्न भएका १५ दिनभित्र दुई पक्षहरू नमिलेमा भारतीय कानुन अनुसार भारतको नयाँ दिल्लीमा मुद्दाको छिनोफानो हुने उल्लेख छ । 

क्यानले गर्ने सम्पूर्ण खाले प्रतियोगिता गर्ने अधिकार पनि एसथ्रीले पाउने छ । नेपाल टी–ट्वान्टी लिगको फेन्टासीदेखि लिएर लिग सञ्चालन प्रक्रिया पनि एसथ्रीले नै गर्नेछ । क्यानको एसथ्रीसँगको सम्झौताका केही मुख्य बुँदाहरू जसले क्यानलाई नै असर गर्नेछ । 

नेपाली क्रिकेटको विवाद भारतीय कानुन बमोजिम भारतमा लड्ने 

सम्झौतामा अनुसार क्यान र एसथ्रीबीचको सम्झौतामा कुनै पनि विवाद आएमा १५ दिनभित्र दुई पक्षले समाधान गर्न नसकेमा भारतीय कानुन बमोजिम मुद्दा लडेर भारतको नयाँ दिल्लीमा अङ्ग्रेजी भाषामा मुद्दा लड्ने र त्यसको फैसला हुने उल्लेख छ ।

यसले नेपाल टी–ट्वान्टी लिगमा या क्यानसँग कुनै विवाद भएमा एसथ्रीले भारतमा गएर मुद्दा लड्न पाउने अधिकार छ, त्यो पनि भारतीय कानुन बमोजिम । 

क्यानले सञ्चालन गर्ने जुनियर क्रिकेट कपमा एसथ्रीको अधिकार 

पत्रकार सम्मेलनमा क्यानले नेपाल टी–ट्वान्टी लिगको सञ्चालन अधिकार मात्र एसथ्रीलाई भएको बताएको थियो । तर, सम्झौतामा जुनियर क्रिकेट कप र आठ वर्षसम्म क्यानले गर्न चाहेका सबै प्रतियोगिताको कमर्सियल राइट्स एसथ्रीलाई हुनेछ ।

यसको अर्थ क्यानले नेपाल टी–ट्वान्टी लिगको मात्र नभएर क्यानले सञ्चालन गर्ने जुनियर क्रिकेट कप प्रतियोगिताको अधिकार एसथ्रीलाई दिएको छ । 

क्यानको लोगो दुरुपयोगको खतरा 

क्यानको लागो, बोद्धिक सम्पत्ति, ट्रेडमार्क, कलात्मक तथा साहित्यिक कार्यक्रम सबैको अधिकार एसथ्रीले पाएको छ । एसथ्रीले जुनियर क्रिकेट प्रतियोगिताको अधिकार पनि पाएको छ । यस अनुसार एसथ्रीले क्यानको लागो, ट्रेडमार्क सबै आठ वर्षसम्म आफ्नो आवश्यकता अनुसार चलाउन पाउनेछ । 

नेपाली क्रिकेट विकासका लागि रणनीति तयार पार्ने अधिकार 

नेपाली क्रिकेट विकासका लागि कुनै पनि योजना या रणनीति तयार पार्नु परेमा एसथ्रीसँग त्यो अधिकार रहनेछ ।

नेपाली क्रिकेट विकासका लागि भारतीय कम्पनीले खाका तयार पार्नेछ । त्यसै अनुसार नेपाली क्रिकेट विकासका लागि अघि बढ्नु पर्नेछ । 

लिग फर्म्याट र फेन्टासीको अधिकार 

एसथ्रीलाई क्यानले सञ्चालन गर्ने लिग फर्म्याटको कस्तो हुने भन्ने अधिकार छ । त्यस्तै फेन्टासी लिगको अधिकार र सञ्चालनको अधिकार पनि एसथ्रीलाई नै छ ।

यसको अर्थ नेपाल टी–ट्वान्टी लिग कुन फर्म्याटमा सञ्चालन गर्ने भन्ने अधिकार एसथ्रीलाई छ । एसथ्रीलाई नेपाल टी–ट्वान्टी लिगको सञ्चालन र निगरानीको अधिकार छ । 

गर्भनीङ काउन्सिलमा एसथ्रीको अधिकार 

नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलमा एसथ्रीको अधिकार रहनेछ । बहुमत सदस्य क्यानको रहने भएपनि निर्णय गर्दा एसथ्रीको सहमती अनिवार्य आवश्यक पर्नेछ । 

प्राविधिक समिति : यस समितिमा क्यानको बहुमत समस्य हुनेछन् । क्रिकेटको नियम ढाँचा, अम्पायर, खेलाडीसँग सम्बन्धित मामिलाहरुमा सबै निर्णय र स्वीकृति लिन एसथ्रीबाट सहमति आवश्यक हुनेछ । 

वाणिज्य समिति : यसमा एसथ्रीको बहुमतमा समिति गठन गरिनेछ । जसमा नेपाल टी–ट्वान्टी लिगको स्पोन्सर सिप र फ्रेन्चाइजीको विषयमा उसको अधिकार हुनेछ । 

नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिलमा क्यानले क्रिकेट विज्ञलाई राख्ने अधिकार छ । तर, सम्झौता अनुसार क्यानले बाध्यकारी अवस्थमा एसथ्रीको एक व्यक्तिलाई राख्नु परेको हो । यसमा जुनियर क्रिकेट कप पनि समेटिएको छ । 

क्यानको सल्लाहकारमा एसथ्रीको व्यक्ति 

एसथ्रीको व्यक्ति क्यानको सल्लाहकारमा रहने सम्झौतामा उल्लेख छ । नेपाली क्रिकेटको विकासका लागि क्यानलाई बाटो देखाउने अधिकार पनि एसथ्रीलाई नै छ । 

भारतीय कम्पनी र लगानीकर्ता भित्र्याउन एसथ्रीलाई अधिकार 

नेपाल टी–ट्वान्टी लिगमा भारतीय कम्पनी र लगानीकर्ता भित्र्याउन एसथ्रीले अधिकार पाउनेछ । एसथ्रीले क्रिकेट टिम खरिद र बिक्रीको अधिकार पनि पाएको छ ।

यसले गर्दा नेपाल टी–ट्वान्टी लिगको खरिद कर्ता भारतीय व्यक्ति या कम्पनी हुन पनि सक्छन् । त्यसमा क्यानलाई रोक्ने अधिकार छैन् । 

खेल्ने अवास्था, तरिका र परिचालनको अधिकार एसथ्रीलाई 

खेल्ने अवस्था र खेल–या रद्द गर्ने अथवा कति ओभरको खेल्ने भन्ने अधिकार सबै एसथ्रीलाई छ ।

यसको अर्थ एसथ्री व्यवसाहिक साझेदार मात्र होइन लिगको मालिक नै बन्ने अवस्था छ । सबै सबै अधिकार उसलाई मात्र छ । 

यसरी हेर्दा क्यानले नेपाल टी–ट्वान्टी लिग मात्र बेचेको छैन् । जुनियर टी–ट्वान्टी लिग पनि बेचेको छ । नेपाल टी–ट्वान्टी लिग सञ्चालनको अधिकार पनि क्यानको हातमा नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप