बाढी र पहिरोका कारण आज अवरुद्ध छन् यी सडक
बाढी र पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरू अवरुद्ध भएका छन् । लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट तिप्ल्याङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित बेलचौतारा–भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
नवलपरासी (पूर्व)को बिनयी त्रिवेणी गाउँपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ ।
इलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण