सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै

शनिबार, ०४ असार २०७९, ०९ : ३५
शनिबार, ०४ असार २०७९

थाइल्याण्डले मानिसहरूलाई बाहिर  निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने  नियमहरू हटाएको छ । 

कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो । 

डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्याण्डमा सार्वजनिक रूपमा फेस मास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । 

थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भीडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप