थाइल्याण्डमा कोभिड प्रतिबन्ध खुकुलो बनाइँदै
थाइल्याण्डले मानिसहरूलाई बाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने नियमहरू हटाएको छ ।
कोभिड संक्रमितको संख्या घटेसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो । त्यस्तै, पर्यटकहरूलाई यात्रा गर्नु अघि दर्ता गर्न आवश्यक नपर्ने भएको छ । संक्रमण घटेसँगै पर्यटकहरूलाई आकर्षित गर्ने पहलस्वरुप सरकारले पछिल्लो कदम चालेको हो ।
डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्याण्डमा सार्वजनिक रूपमा फेस मास्कहरू अनिवार्य गरिएको थियो । तर, महामारी कम भएपछि, पर्यटनमा निर्भर थाइल्यान्डले पर्यटकहरुको संख्या बढाउनको लागि बिस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो ।
थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर मास्क लगाउनु स्वैच्छिक हुने बताए । तर, अझै भीडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने लगाउन सुझाव दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण