परिवर्तनका लागि सामाजिक अभियानको स्वास्थ्य शिविर सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य शिविरको १८ औं संस्करण सम्पन्न भएको छ ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरिएको छ । ७० वर्षमाथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उक्त क्लिनिकमा यस पटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न यस शिविरमा वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाललगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको छ ।
विगत ११ महिनादेखि आयोजना गरिएको यो कार्यक्रम वडावडामा आयोजना गर्ने योजना अनुरुप १८ औं संस्करणको कार्यक्रम इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना भएको हो । यो कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिवार धरानका विभिन्न वडाहरुमा आयोजना हुने गर्दछ । धरान र धरान वरपरका विशेष गरी मुटुका बिरामीहरु निकै नै लाभान्वित रहेको र विशेष गरि आयोजकले यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा मनै देखि धन्यवाद दिएको बिरामी कृपानाथ श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण