बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बाढीमा बेपत्ता भएका चन्द्रबहादुर गुरुङको परिवारलाई रामचन्द्र पौडेलको आर्थिक सहयोग

मङ्गलबार, ०७ असार २०७९, ०६ : ५९
मङ्गलबार, ०७ असार २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका–११ मा बाढीले क्षति पुर्याएका स्थानको अवलोकन तथा निरीक्षण गरेका छन् । एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन्।

नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरे पसललगायतका स्थानको अवलोकन गरेका थिए । स्याउदे खोलाको नवनिर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको स्थानको उनले निरीक्षण गरे।

क्षति भएको क्षेत्रको अवलोकन गर्दै नेता पौडेलले यही असारभित्रै तार जाली हालेर अहिले तत्कालका लागि तटबन्धको व्यवस्थापन गर्ने काम गर्न निर्देशन दिए । 

अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तार जाली लगाउने र खेतमा पानी पुर्याउनका लागि पाइपको व्यवस्था गरिने उनको भनाइ थियो । सो अवसरमा नेता पौडेलले ढाँडखोलाले बगाएर बेपत्ता भानु–११ का चन्द्रबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोगसमेत गरे ।

सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिराले ढाँडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्ध निर्माण गरिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप