प्रतिपक्षलाई ‘बेवास्ता’ गरेको ओलीको गुनासो
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण विषयमा सरकारले प्रतिपक्षसँग सल्लाह नगरेको गुनासो गरेका छन् । उनले सरकारले विभिन्न निर्णय गर्नुअघि प्रतिपक्षसँग छलफल नगरेको उनले बताए ।
पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रतिपक्ष भनेको वैकल्पिक सरकार भएको बताए । सरकारले महत्त्वपूर्ण विषयमा निर्णय लिनुअघि प्रतिपक्षसँग मात्र नभएर विज्ञहरुसँग पनि परामर्श गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री विदेश भ्रमणमा जानु अघि प्रतिपक्ष तथा दलहरूसँग छलफल गर्ने, विज्ञहरुसँग छलफल गरेर सुझाव लिनुपर्नेमा सरकारले त्यस्तो नगरेको उनले बताए । उनले भने, ‘प्रतिपक्षसँग छलफल र वार्ता गर्नुस् भनेर मेरो माग होइन, नगरी चल्छ भने चलाउनुस् ।’
नेपालमा राष्ट्रियता सुदृढ रहेको र नेपाली जनतामा राष्ट्रियताको भावना उच्च रहेको उनले बताए । उनले आफूहरु छिमेकीसँग भरपर्दो, विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुने, बाहिर एउटा भन्ने र भित्रभित्रै अर्को कुरा गर्ने द्वैध चरित्र ननिभाउने पनि जिकिर गरे । उनले भने, ‘हामी कार्ड खेल्न सक्दैनौं छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धको प्रशंगमा ।’ राष्ट्रिय हितमा केन्द्रित भएर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै उनले न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण