सलमान खानको नयाँ फिल्ममा १० जना नायिका, साउथ स्टारलाई मौका दिइने ?
आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् ।
नो इन्ट्रीमा कसको हुनेछ इन्ट्री ?
सलमान खानको फिल्म ‘नो इन्ट्री टु’ मा साउथका नायिकाको मुख्य भूमिका हुने बताइएको छ । टाइगर थ्रीपछि सलमान खान फिल्म नो इन्ट्री टुको सुटिङ गर्ने स्रोतले बताएको छ । बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको छ – साउथका ठूला नाम – जस्तै रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया नो इन्ट्रिको सिक्वलका लागि शीर्ष स्थानमा छन् । फिल्ममा १० नायिका हुनेछन् । साउथका अभिनेत्रीहरुलाई फिल्ममा महत्वपूर्ण भूमिका प्रदान गरिने चर्चा छ ।’
साउथकी नायिका रश्मिका मन्दाना पुष्पा फिल्मपछि धेरै नै चर्चामा आएकी हुन् । उनी मिशन मजनू र गुडबायमा काम गरिरहेकी छिन् । समान्थाको गीत ओ ओ अन्ताभा हाल असाध्यै चर्चित बनेको छ । उनी फेमिली म्यान टु मा पनि देखिएकी थिइन् । पूजा हेगडे र तमन्ना भाटिया त धेरैजसो चर्चित साउथ फिल्ममा देखिन्छन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइने भारतीय सञ्चार माध्यमले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण