अभिनेत्री दीयाले भनिन्, ‘यस्ता कठिनाईपछि पनि मेरो आँखामा हेर्नुभयो भने आनन्द देख्नुहुनेछ’
अभिनेत्री दीया पुनले सगरमाथा आरोहणका क्रममा भोग्नुपरेका विभिन्न समस्याबारे कुरा गरेकी छिन् ।
उनले बिहिबार आफ्नो सामाजिक सञ्जालमा सगरमाथा आरोहणका क्रममा डढेको अनुहारको सेल्फी पोस्ट गर्दै समस्याबारे बताएकी छिन् । उक्त तस्बिरसँगै उनले लेखेकी छिन्, ‘ सायद निद्राको कमी, डिहाइड्रेशन, हावा र घामको सम्पर्कपछि होला, छालामा रातो, सुख्खा र गाढा धब्बा देखिएका छन् । क्याम्प टुमा पहिलो रोटेशनमा जाँदै गर्दा मात्र मैले आफ्नो अनुहार राम्रोसँग ढाक्न सिकेँ । तर जब तपाईं अत्यधिक थाक्नुहुन्छ नि त्यतिबेला तपाईंले सोच्ने अन्तिम कुरा भनेको आफ्नो छालालाई चरम अवस्थाबाट जोगाउनु हो । चिपिक्क परेको कपाल, पछिल्लो पटक कहिले नुहाएको थिएँ भन्ने कुरा बिर्सिएको थिएँ । तर यी सबै कठिनाइका बावजुद यदि तपाईंले मेरो आँखामा हेर्नुभयो भने तपाईंले पहाड चढ्दाको आनन्द देख्नुहुनेछ ।’
उनले जेठ १३ गते शुक्रबार सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
