पूर्व मिस ब्राजिलको २७ वर्षको उमेरमा निधन
बिहीबार, ०९ असार २०७९, १५ : १५
पूर्व मिस ब्राजिल ग्लेसी कोरेइयाको २७ वर्षको उमेरमा निधन भएको छ । टन्सिन निकाल्नका लागि गरिएको शल्यक्रियाका कारण उनलाई ब्रेन ह्यामरेज र हृदयघात भएको थियो ।
इन्डिपेन्डेन्टका प्रकाशित समाचारका अनुसार सन् २०१८ मा मिस युनाइटेड कन्टिनेन्ट ब्राजिलको उपाधिकी बिजेता कोरेइयाको सोमबार एक नीजि क्लिनिकमा निधन भएको हो । उनी पछिल्लो दुई महिनादेखि कोमामा थिइन् । टन्सिन हटाउनका लागि उनको शल्यक्रिया गरिएको थियो तर त्यसको केही दिनपछि उनको अत्यधिक रक्तश्राव भयो र अप्रिल ४ मा हृदयघातसमेत भयो ।
कोरेइयाको शव पोस्ट मार्टमका लागि पठाइएको छ । उनी एक मोडल, ब्युटिसियन र इन्फ्लुएन्सर थिइन् । इन्स्टाग्राममा उनका ५६ हजारभन्दा बढी फलोअर्स छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण