आइपुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव (फोटोफिचर)
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए ।
सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुअघि परराष्ट्र मन्त्रालय अन्तरगतको पूर्वी एशिया विभागको नेतृत्व गरिरहेका थिए । त्यसक्रममा उनले चीनसँगका विभिन्न चरणको कुटनीतिक वार्तामा भारतीय प्रतिनिधिको नेतृत्व गरेका थिए । लद्दाखको सीमा क्षेत्रमा विवादपछि भारत र चीनबीच विवादको स्थिति छ ।
यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएको दुई हप्तापछि श्रीवास्तवलाई नियुक्ति गरिएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण