सुनौला हजार दिनका आमालाई पोषणयुक्त खाद्य वस्तु वितरण गर्दै पातारासी गाउँपालिका
जुम्लाको पातारासी गाउँपालिकाले सुनौला हजार दिनका आमा,बच्चा र गर्भवती आमाहरूलाई बहु क्षेत्रीय पोषण नाङ्लो प्रदर्शन तथा पोषण खाद्य वस्तु वितरण गरेको छ । गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजनामा पोषण खाद्य वस्तु वितरण गरिएको थियो।
वडा नम्बर सातको रिनी र पट्मारा गाउँका ५९ जना सुनौला हजार दिनका गर्भवती आमाहरू लाभान्वित भएको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । गिरीले भनिन् -'प्रति व्यक्ति १८ केजी जुम्ली मार्सी चामल, २ केजी सिमी,१ क्यारेक्टर अण्डा,१ लिटर खाने तेल,१ प्याकेट आयोडिनयुक्त नुन,१ सेट ब्रस र मन्जन,१-१ वटा नुहाउने र कपडा धुने साबुन र १ दर्जन केरा वितरण गरिएको छ। '
महिला तथा बालबालिका शाखा अन्तर्गतको बहु क्षेत्रीय पोषण कार्यक्रम बाट वितरण भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा, उपाध्यक्ष जुनमाया रोकाया,सात नम्बर वडा अध्यक्ष विरबहादुर बुढा,वडा सदस्य र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त पोषण खाद्य वितरण गरिएको भगवती गिरी बताउँछन् ।
उनले भनिन् -'गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त खाद्य वस्तु वितरण दिएका छौँ, पोषणले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ । सधैंभरि पोषण दिएर पुग्दैन,आफ्नो घरमै बनाएर खाने बानीको विकास होस भन्ने हामी चाहन्छौ।'
सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले जानकारी दिए । पोषणयुक्त खानपानले हजार दिनका आमा र बच्चाको स्वास्थ्य सुरक्षित हुने, बच्चाको वृद्धि, विकासमा सुधार हुने अध्यक्ष बोहोराले बताए । यस्ता खाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष जुनमाया रोकायाले आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्ने बताइन् । यो सचेतना सबै वडास्तरमा दिनुपर्नेमा जोड दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण