थरूहट आन्दोलनका अगुवाहरु रेशम चौधरीको पार्टीमा प्रवेश गर्दै
रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीमा थारुहरु संगठित हुन थालेका छन् । मधेसवादी दललगायत विभिन्न दलमा आवद्ध थरूहटका नेताहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन थालेका छन् ।
आज उन्मुक्ति पार्टीले आयोजना गर्ने एक कार्यक्रमबीच थरूहट आन्दोलनका अगुवा लक्ष्मण थारु, सुरेन्द्र चौधरीलगायतले पार्टी प्रवेश गर्न लागेका हुन् ।
जसपाका मोहनलाल चौधरी, रकामकुमार थारु, प्रभा चौधरी, रञ्जित चौधरी, माओवादी केन्द्रका सीताराम थारु, काँग्रेसका राधेश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका जग्गनाथ चौधरी, पार्वती चौधरीलगायतका नेताहरु उन्मुक्ति पार्टीमा आज प्रवेश गर्न लागेका हुन् ।
त्यस्तै, थरूहट आन्दोलनका अगुवा तथा अधिकारकर्मी वासुदेव चौधरी, ओमप्रकाश चौधरी, इन्दु चौधरी, मनोज लोहार लगायत पश्चिमका थुप्रै थारुहरु उन्मुक्ति पार्टीमा आवद्ध हुन लागेको थरूहट आन्दोलनका अगुवा सुरेन्द्र चौधरीले बताए ।
थारुहरु अलग अलग भएको फाइदा अरु दलले लिए, तर थारुहरुको अधिकार र माग पुरा भएको छैन, त्यसैले सबै थारु तथा उत्पीडनमा परेका समुदाय एक हुन लागेको हो, थारूले भने । यो पार्टीमा थारु मात्र होइन, देशभरका उत्पीडित समुदाय आवद्ध हुने बताउँदै उनले थारूलगायत उत्पीडित समुदायले आफ्नो अधिकारीका लागि आफै संघर्ष गर्ने बताए ।
तत्कालिन राजपाबाट प्रतिनिधिसभा चुनाव जितेका रेशम चौधरी थुनामा छन् । उनले थुनाबाट नै आफ्नो श्रीमतीको संयोजकत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेका हुन् । नयाँ पार्टी भएपनि स्थानीय चुनावमा राम्रो नतिजा ल्याउन सफल भएको हुनाले सो पार्टीप्रति सबैको आकर्षण बढ्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण