द्वन्द्वकालदेखि बेपत्ता छोराको खोजीमा तड्पिँदै बाबु आमा
गुल्मीको चारपाला गाउँका एक बृद्ध दम्पती द्वन्द्वकाल देखि बेपत्ता भएका आफ्ना छोराको खोजीमा तड्पिँदै आएका छन् । गुल्मीदरबार गाउँपालिका–७ , चारपाला गाउँमा मन्त्री भनेर चिनिने खुमबहादुर बस्नेत २०५६ साल देखि बेपत्ता भए पछि उनका बाबु आमा तड्पिँदै आएका हुन् ।
उति बेला देखि विभिन्न माध्यमबाट खोजी गर्दा पनि छोरा फेला नपरेका कारण सञ्चार माध्यमको सहारा लिनु परेको बेपत्ताका बाबु हुमबहादुर बस्नेतले बताए । आफू नेपाली सेनाबाट पेन्सन पकाए पछि भारतको पञ्जावमा श्रीमती लिएर गएको बेला छोरा यता घरबाट बुटवलतिर चलेको आन्दोलनमा गएको र उतै बाट बेखबर भएको बाबु बस्नेतको भनाइ छ ।
२०४० सालमा जन्मिएका बेपत्ता खुमबहादुरले स्थानीय विद्यालयबाट २०५५ सालमा कक्षा ८ को सर्टिफिकेट लिएर घरमै छाडेको बताइन्छ । गुल्मीदरबार गाउँपालिका– ६ का वडाध्यक्ष शालिकराम टण्डनले द्वन्द्वकालमा बेपत्ता भएका छोराको खोज–तसालका बृद्ध बाबु–आमाले आफुहरुलाई पटक पटक आग्रह गरे पनि फेला नपरेका कारण उनी कहीं कतै भए संचार माध्यम मार्फत पत्तो लाग्थ्यो कि भनेर आफैले सञ्चार माध्यमको सहारा लिन सुझाएको बताए । उनी बेपत्ता हुँदा १६औ १७ वर्ष उमेरका थिए । बस्नेतका चार छोरी र दुई छोराहरु मध्ये उनी कान्छा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण