रोहित शर्मालाई कोरोना सङ्क्रमण पुष्टि
आइतबार, १२ असार २०७९, १० : १९
भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा हुन गइरहेको टेस्टमा उनको सहभागितामा शङ्का उत्पन्न भएको छ ।
रोहित हाल भारतीय क्रिकेट टोली बसिरहेको होटलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसनमा बसिरहेका छन् । उनले पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । थाइल्याण्डसँगको टेस्ट जुलाई १ मा सुरु हुँदैछ ।
बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि रविचन्द्र आश्विनलाई पनि सङ्क्रमण पुष्टि भएपछि उनी इंग्ल्याण्ड जान ढिलाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण