बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोहित शर्मालाई कोरोना सङ्क्रमण पुष्टि

आइतबार, १२ असार २०७९, १० : १९
आइतबार, १२ असार २०७९

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसले इङ्ल्याण्डविरुद्ध एजब्यास्टनमा हुन गइरहेको टेस्टमा उनको सहभागितामा शङ्का उत्पन्न भएको छ ।

रोहित हाल भारतीय क्रिकेट टोली बसिरहेको होटलमा स्वास्थ्य मापदण्ड पालना गर्दै आइसोलेसनमा बसिरहेका छन् । उनले पाँच दिन आइसोलेसनमा बस्नुपर्छ । थाइल्याण्डसँगको टेस्ट जुलाई १ मा सुरु हुँदैछ । 

बीसीसीआईले एक वक्तव्य जारी गर्दै शनिबार गरिएको र्‍यापिड एन्टिजेन परीक्षणमा शर्मामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यसअघि रविचन्द्र आश्विनलाई पनि सङ्क्रमण पुष्टि भएपछि उनी इंग्ल्याण्ड जान ढिलाइ भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप