‘लू’ का निर्देशकमा प्रदीपको इन्ट्री
नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’ माथि बन्ने फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्ने भएका छन् । फिल्म निर्देशनको बिषयमा निर्माण कम्पनी कारो फिल्मस्का तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच कागजी सम्झौता भएको छ । जसको जानकारी दिर्नेशक भट्टराईले सामाजिक संजाल मार्फत गराएका छन् ।
‘जात्रा’, ‘शुत्रे गते’ र ‘जात्रै जात्रा’ गरी तीन सफल फिल्म दिएका भट्टराई अहिले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लिएर ‘महापुरुष’ निर्देशन गरिरहेका छन् । त्यो सकाएपछि उनले ‘लु’ थाल्नेछन् ।
निर्मात्री निशाले ‘लू’ उपन्यासको मर्मलाई पर्दामा उतार्न सक्ने क्षमता आफूले प्रदीप भट्टराईमा देखेको बताएकी छन् ।
निर्देशक भट्टराईले पनि शब्दलाई दृश्य भाषामा उतार्न कुनै कसुर नछाड्ने बताए ।
‘लू’ मा कालीप्रसाद बाँस्कोटाले संगीत दिँदैछन् । फिल्मका लागि कलाकारको टुंगो लागि सकेको छैन । फिल्मको आगामी मंसिरबाट छायांकन थाल्ने तयारीमा निर्माण छ । पश्चिम नेपालको सीमावर्ती क्षेत्रका अवधिभाषी पात्र र तिनका जीवन भोगाइहरूलाई ‘लू’मा उतारिएको छ । यो उपन्यासमाथि २०७३ सालमा सरिता साहको निर्देशनमा मण्डला थिएटरमा नाटक समेत मञ्चन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण