सिद्धार्थ र जुना भए एसईई सुपर मोडल
‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२२’ को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन् । एभरेष्ट ईभेन्टसद्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैंयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीबाट करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न उपहार समेत प्राप्त गरे ।
प्रतियोगतिामा कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आकृति पोखरेल ‘सेकेन्ड रनरअप’ भए । विधागत तर्फ ग्लोबल अनलाईन पेमार्फत गरिएको अनलाइन भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै शिर्षक नेपाल र प्रेशिका मल्ल ठकुरी ‘मस्ट पपुलर’ घोषित भए ।
अविलेख राव र लसता मानन्धर ‘अर्गनाइजर च्वाइस’, ‘मिङ्गमार शेर्पा’ र जेनिया गुरुङ ‘ब्राण्ड एम्बासडर’ र पुजा थापा ‘ब्युटी वीथ ब्रेन’ घोषित भए ।
आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार इन्टरटेन्मेन्टका सिईओ सनिश शाक्य, मोडल दिक्पाल कार्की, मोडल प्रियारानी लामा, मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिईओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी सञ्चालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए ।
एसइई परीक्षा दिएर बसेका छात्रछात्राहरुको व्यक्तित्व बिकाशको उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण