ट्रेलरमा यस्तो देखियो फिल्म ‘दोख’
२४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २४ सेकेन्डको ट्रेलरमा फिल्मका केही मुख्य दृष्यले समेटिएका छन् । ट्रेलरमा क्रान्ति, राजनीति र सामुदायिक वनका लागि गरिएको संघर्ष देखाउन खोजिएको छ ।
अनुप बरालको निर्देशनमा बनेको ‘दोख’ सशस्त्र द्वन्द्वकालको परिवेशमा निर्माण भएको फिल्म हो । राजन कठेतको लेखन रहेको फिल्ममा दीया मास्के, मनिष, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापामगर लगायतका कलाकारको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई जोडिएका छन् । शैलेन्द्र डी.कार्कीको छायाङ्कन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
Start at 0:00
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण