सुखद् रहेन सेरेनाको कम्ब्याक
बुधबार, १५ असार २०७९, ०९ : ३९
सेरेना विलियम्सको हारसँगै एक वर्षपछि विम्बल्डनमा फर्कने सपना अधुरै रह्यो । सेरेना पहिलो चरणमा फ्रान्सकी हार्मोनी ट्यानसँग पराजित भएकी हुन् ।
महान् अमेरिकी टेनिस खेलाडी सेरेना गत वर्ष एक खेलमा घाइते भएकी थिइन् । जसका कारण उनी एक वर्षपछि फर्किएकी हुन् । झण्डै तीन घण्टासम्म चलेको खेलमा सेरेनाले ७-५, १-६, ७-६ ले हार बेहोर्न बाध्य भइन् । उता फ्रान्सेली खेलाडी हार्मोनी ट्यान पहिलो पटक विम्बल्डनमा खेल्दै छिन् ।
४० वर्षकी सेरेनालाई पत्रकार सम्मेलनमा ‘अन्तिम विम्बल्डन’ हो ? भनेर सोधिएको थियो । यसबारे सेरेनाले भनिन्, 'यो यस्तो प्रश्न हो जसको जवाफ मैले दिन सक्दिनँ। मलाई थाहा छैन। कसलाई थाहा म कहाँबाट अचानक राम्रो खेल्न थाल्छु।' सरिना विलियम्सले सात पटक विम्बल्डन उपाधि जितेकी छिन् । तर, गत वर्ष चोट लागेपछि सरिनाले एकल खेल खेलेकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण