शुक्रबारबाट भोजपुरी फिल्म ‘रण’ रिलिज हुने
नेपालमा हलमा पहिलो पटक भोजपुरी फिल्मले ठूलो प्रदर्शनको थालनी गर्ने भएको छ । नेपाली निर्देशक चन्द्र पन्तले बनाएको भोजपुरी फिल्म ‘रण’ ले त्यसको सुरुवात गर्न लागेको हो ।
फिल्म शुक्रबारबाट काठमाडौं र उपत्यका बाहिर गरेर ४० बढी हलमा लाग्ने निर्देशक पन्तले बताए । ‘राजधानीका केहि मल्टिप्लेक्ससँग समेत कुरा भइरहेको छ’, पन्तले भने ‘विश्वज्योती लगायतका केही मल्टिप्लेक्समा समेत फिल्म लाग्नेछ । ’
यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको फिल्म शुक्रबारदेखि नेपालसँगै भारतको मुम्बई तथा गुजरातमा पनि प्रदर्शन हुन लागेको हो । जुलाई १० तारिखदेखि यो फिल्म दिल्लीमा समेत प्रदर्शन हुनेछ ।
एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् । ‘रण’ मार्फत नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । नरेनसँगै फिल्ममा आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको मुख्य अभिनय छ । निर्देशक पन्तको लेखन रहेको फिल्मका निर्माता अरुणकुमार मिश्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण