एलओडी बन्यो नेपालकै नम्बर वान क्लब, विश्वकै ५२ औं सर्वोत्कृष्टमा समेटियो
ठमेलमा रहेको क्लब एलओडी (लर्ड अफ द ड्रिंक्स) नेपालकै नम्बर वान बनेको छ । यस्तै सो क्लब ‘डीजे म्याग टप १००’मा विश्वभरको ५२ औं स्थानमा पर्न सफल भएको हो ।
क्लबले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिँदै क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न तथा अन्तर्राष्ट्रिय कलाकारहरुको परिचय गराउने यो प्रारम्भिक कदम भएको जनाएको छ । एलओडीका संस्थापक रविन श्रेष्ठले भने, ‘हामी विश्वास गर्छौँ, जब क्लबिङ उद्योग आफैँ ठूलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ । यो उपलब्धि एलओडीद्वारा हासिल भएपनि मनोरञ्जन उद्योगमा अन्य क्लब र व्यवसायीहरुको लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्छ ।’
क्लब एलओडी २०१९ मा स्थापना भएको थियो भने पछिल्लो समय धेरैको रोजाई बन्न सफल भएको छ । सो क्लबमा भारतीय कांग्रेस आईका नेता राहुल गान्धी समेत पुगेका थिए । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहदेखि भीआईपीहरु पनि बेलाबेला पुग्ने गरेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण