काँग्रेस उपसभापति गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो
बिहीबार, १६ असार २०७९, १८ : २५
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो ।
गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।
ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले रातोपाटीलाई जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।
गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण