छोटो समयमै हामी संगठन विस्तार गर्न सफल भयौं : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमै देशमा ७७ ओटै जिल्लामा पार्टीको संरचनाहरु खडा भइसकेको बताएका छन् । सातै प्रदेशमा पार्टी कमिटी गठन भएकोले निर्वाचनको तयारीमा जुटेन कुनै अफठ्यारो नरहेको अध्यक्ष थापाले बताए ।
सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो पार्टीले बोकेको विचार र सिद्धान्त सहि भएको दाबी गरे । हालै हामीले सातै प्रदेशमा बुद्धिजीवी वर्ग र समाजका सचेत वर्गसँग अन्तक्रिया गर्यौ । सो क्रममा उहाँहरुले पार्टीको सिद्धान्त र विचार ठीक छ भन्ने प्रतिक्रिया दिनुभएको छ, थापाले भने ।
धरातलीय यथार्थलाई हेर्दा राजसंस्था पुनःस्थापनाको सम्भावना नरहेको भन्दै थापाले हिन्दु राष्ट्रको पुनःस्थापना, सुशासन र समृद्धि अव पार्टीको मुख्य एजेण्डा हुने बताए ।
कार्यकर्तामा देखिएको उत्साहले अहिलेको व्यवस्था देखिएको कमी कमजोरी हटाउन दवाव दिन पर्याप्त देखिएको थापाको भनाइ छ । उनले युद्ध स्तरमा पालिकाहरुमा संगठन विस्तार गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण