'नेपाल लोक स्टार-२' साउन अन्तिमबाट शुरु हुने
नेपालको मौलिक लोक, संगीतमा आधारित रियालिटी शो नेपाल लोक स्टार २ साउन अन्तिमबाट शुरु हुने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर आगामी साउन अन्तिमबाट नेपाल लोकस्टार २ शुरु हुने जानकारी गराइएको हो ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने शो नयाँ फरम्याट र शैलीमा दोस्रो सिजनको तयारी शुरु हुन लागेको हो । शो साउन अन्तिमबाट हरेक मंगलवार र बुधवार राति ८ बजेबाट प्रशारण हुनेछ ।
शोको निर्णायकमा लोकगायक कुमार बस्ने, रामजी खाँण, कुलेन्द्र विश्वकर्मा र लोक गायिका ज्योती मगर रहेका छन् । शोको सञ्चालन लोकगायक प्रकाश सपुतले गर्नेछन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेतले टिमवर्क मिलेर सकेसम्म राम्रो प्रतिभावान गायक, गायिका उत्पादन गर्ने बताए ।
कार्यक्रममा बोल्दै गायक रामजी खाँणले सिजन १ बाट लिएको अनुभवलाई सिजन २ मा नयाँ प्रतिभाहरूमा शेयर गर्ने बताए । त्यस्तै गायिका ज्योती मगरले निर्णायकमा आफ्नो शुरुवात भएको कारण केही डर लागेको बताइन् । तर यसलाई अवसरको रुपमा परिणत गरेर राम्रो भन्दा राम्रो प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उनले बताइन् ।
शोको डिजिटल अडिशन सम्पन्न भइसकेको छ । विजेताले २० लाख रुपैयाँ नगद पाउने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
-
धेरै राजनीतिक दल होइन, बलियो राजनीतिक दल चाहिएको छ : महासचिव पोखरेल